१९ पुस, काठमाण्डौ । सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन गरेको अभियोगमा नेपालका पूर्व सुरक्षा अधिकारी बेलायतमा पक्राउ परेका छन् ।
लण्डनबाट करिव १ सय १५ किलोमिटर टाढा रहेको इष्ट सक्सेसमा रहेका उनलाई प्रहरीले बिहिवार पक्राउ गरेको बीबीसी र एपीले जनाएका छन् ।
लण्डन मेट्रो पुलिसले उनको परिचय नखुलाए पनि बीबीसीले उनी नेपालका पूर्व सुरक्षा अधिकारी रहेको र सन् २००५ मा मानवअधिकार हनन र युद्ध अपराध लगायतका गतिबिधि गरेको उल्लेख गरेको छ ।
तर उनलाई नेपाल सरकारको अनुरोधमा भने पक्राउ नगरिएको बताइएको छ । यसको अर्थ जुन देशमा अपराध गरेको भएपनि बेलायतमा उनीहरु पक्राउ पर्ने र कानुनी कारवाही हुन्छ भन्ने रहेको एपीले जनाएको छ ।