बैतडी,पुष १९ । सुदूरपश्चिमका विभिन्न जिल्लामा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार राति ११ बजेर २७ मिनेट जाँदा सुदूरपश्चिममा भुकम्पको धक्का महसुश गरिएको थियो । बझाङ र डोटीको सिमानामा केन्द्र बिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको काठमाडौंको लैनचौरमा रहेको भुकम्प मापन केन्द्रका प्रमुख सोमलाल सुवेदीले जानकारी दिनुभयो । सुदूपश्चिमका बैतडी, डोटी, बझाङ लगायतका बिभिन्न जिल्लामा भुकम्पको धक्का महशुस भएपनि अहिलेसम्म कुनै क्षतिको विवरण भने आइनसकेको सुवेदीले जानकारी दिनुभयो ।