Wednesday, 16 January 2013

भारतले ३९ करोड रुपैयाँ खर्च गर्ने

। गौतमबुद्धको जन्मथलो लुम्बिनकिो विकासका लागि छिमेकी देश भारले ३९ करोड रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको छ । भारतको ‘लुम्बिनी विकासको प्याकेज कार्यक्रम’ सहायता लिने/नलिनेबारे भने निर्णय भइनसकेको राष्ट्रिय योजना आयोगका सदस्य जनकराज शाहले बताए ।
बुद्धजन्मस्थलका विषयमा दुई देशबीच चलिरहेको विवादकाबीच अचानक भारतले लुम्बिनीको विकासको प्रस्ताव ल्याएको हो । भारतले कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माण गरेको विषय विवादमा छ । उत्तरप्रदेशको सिद्धार्थनगर कपिलवस्तु नामाकरण गरिएको लुम्बिनीका स्थानीयले बताउने गरेको कारोबार दैनिकमा खबर छ । इतिहासविद् डा. रमेश ढुंगेलले बुद्धको जन्मस्थल विकासका लागि भारतीय सहयोग आउनु सकारात्मक भएको बताउँछन् । उनी भन्छन् ‘बुद्धको जन्मस्थलको विषयलाई लिएर भारतले विवाद झिक्नुको औचित्य छैन, बुद्ध भारतमा जन्मिए भनेर किताव छाप्ने, चलचित्र बनाउने, नक्कली तिलौराकोट बनाएर हुदैन्, पुरातत्वले नेपाल नै जन्मथलो रहेको प्रमाणित गरिसकेको छ ।’

You Might Also Like This

 

Pages