Monday, 7 January 2013
पारसले तिरे ३५ लाख
थाइल्याण्डको बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाहले १ बर्षदेखि आफु बस्दै आएका अपार्टमेन्ट व्यवस्थापनलाई १२ लाख थाइ भाट (३४ लाख ५७ हजार रुपियाँ) तिरेका छन् । अपार्टमेन्टमा तोडफोड तथा होहल्ला गरेको भन्दै अपार्टमेन्ट व्यवस्थापनले उनीसूग क्षतिपूर्तिरकम स्वरुप २० लाख भाट माग दाबी गरेपछि उनले सो रकम बुधबार तिरेका हुन् ।
सो तोडफोडमा घरका सिसा, सोफा लगायत विभिन्न सामानहरुमा क्षति पुगेको अपार्टमेन्टको दाबी थियो । त्यहाँस्थित नेपाली व्यवसायीका अनुसार पारसले थङ्लोस्थित प्रहरी चौकीमा एक सामान्य कागज गरि अपार्टमेन्ट व्यवस्थापनका एक महिला प्र्रतिनिधिलाई सो रकम बुझाएका हुन् । रकम बुझाउन उनी एक वकिलसहित त्यहाँ पुगेका थिए । ‘यही जनवरी ३ मा प्रहरी चौकीमा सामान्य कागज गरी १२ लाख बुझाउनुभएको छ । त्यसैले यो ‘केस’ अब सल्टीसकेको छ ।’ रकम बुझाउन पारससागै त्यहाँ पुगेका नेपाली व्यवसायी सुनिल खडाले भने ‘सो रकम हामी केही नेपाली र उहाँकै परिवारबाट जुटाएर तिरिएको हो ।’ खडाका अनुसार अपार्टमेन्ट व्यवस्थापनले २० लाख भाट दाबी गरेपनि १२ लाखमा कुरा मिलेको हो ।
पारस गत १ बर्षदेखि त्यहाँको ‘सर्भाइज्ड अपार्टमेन्ट’मा मासिक २ लाख थाइ भाट भाडा तिर्दै बस्दै आएका थिए । तोडफोडको घटना छिनोफानो भएलगत्तै उनी एक होटलमा बस्नथालेका छन् । करिब ३ साताअघि आफूमाथि सुरक्षा खतरा रहेको भन्दै उनले त्यहाँको नेपाली दुतावासमा सुरक्षा माग गर्दै निवदेन दिएका थिए । सुरक्षा खतराकै कारण उनी दूईसाताभन्दा बढी त्यहाँको नेपाली व्यवसायीको घरमा बस्दै आएको कान्तिपुर दैनिकमा खबर छ ।
दुतावासका अनुसार उनको सुरक्षाका लागि त्यहाँको मन्त्रालयलाई पत्राचार गरि घटनाबारे जानका गराएको थियो । तर मन्त्रालय स्रोतले उनलाई ‘भीआईपीसरह सुरक्षा दिन नसकिने तर रकम तिरेर आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी राख्न मिल्ने’ सुझाउ दिएको छ । ‘यसबारे यहाँको सम्बन्धित निकायमा पत्राचार गरेका थियौं । तर भिआइपीसरह सुरक्षा दिन नसकिने तर सशुल्क सुरक्षाकर्मी राख्न पाउाछन् भन्ने सुझाउ आयो ।’ दुतावासका काउन्सिलर डोरनाथ अर्यालले आइतबार कान्तिपुसित टेलिफोनमा भने ‘उनको पछिल्लो स्थितीबारे केही जानका पाएका छैनौं ।’
यसअघि परिवारसहित सिंगापुर आएका पूर्वराजा ज्ञानेन्द्रले पुत्र पारससाग भेटेको स्रोतको दाबी छ । उनले पारसको थाइल्याण्ड बसाइमा भएका घटनाबारे जानका लिएका थिए । उनी केहीदिनअघि नेपाल फर्कीसकेका छन् ।
पारसको अपार्टमेन्ट तोडफोडको मुद्दा अल्झिएपनि गाँजासँग जोडिएको अर्को मुद्दा अझै सुल्झीएको छैन । ३ ग्राम गाजासहित उनी गत मंसिरमा फुकेटमा पक्राउ परेका थिए । स्रोतका अनुसार त्यसपछि चलाइएको मुद्दा सोमबार फैसला हुँदैछ, त्यसपछि उनले सचारमाध्यममा मुख खोल्ने यसअघि नै जनाइसकेका छन् ।