Monday, 7 January 2013

सिंहदरबारभित्र विद्युत् लाइन काटिने

२३ पुस, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने सबै मन्त्रालयसहित १ सय ३० सरकारी कार्यालयको विद्युत् लाइन काट्ने भएको छ । प्राधिकरणले बिहीबारदेखि कृषि तथा सहकारी, भौतिक योजना तथा निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्यन, कानुन, भूमिसुधार तथा व्यवस्था, स्थानीय विकास, शान्ति तथा पुनःनिर्माण, सहरी विकास, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्तिलगायत सबै मन्त्रालय र विभागको लाइन काट्ने तयारी गरेको छ ।
एक साता समय दिएर विद्युत महशुल भुक्तानी गर्न सबैलाई पत्राचार गरिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । ‘पत्राचार गरेको सात दिनमा पनि बक्यौता नबुझाउने मन्त्रालय र विभागको लाइन काटिनेछ,’ उनले भने । श्रेष्ठका अनुसार सिंहदरबारभित्रका मन्त्रालय र ती अन्तर्गत कार्यालयको बक्यौता ८४ लाख ६० हजार रुपैयाँ ।

You Might Also Like This

 

Pages