राजधानीको सोल्टीमोडबाट आफ्नै नाबालिका छोरीमाथि यौन शोषण गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
दिनहुँ जसो महिला हिंसाका घटनाहरु बढीरहेका बेला आफ्नै ३ बर्षीया छोरीलाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोड डेरा गरी बस्ने नुवाकोट जिल्ला चाउथे–६ घर भएका ४० बर्षीय ईन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले पुस १८ गते राति नाबालिका छोरीलाई उक्त कार्य गरेको भनी बालिकाकी आमाले पुस १९ गते प्रहरीलाई जानकारी गराएपछि खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भईरहेको बताएको छ ।