काठमाडौं, पौष २० । नेपाल एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा) का अध्यक्ष पवित्रकुमार कार्कीले अझै नेपालमा सहजरुपमा हवाई सेवा उपलब्ध
नभएकाले ट्राभल व्यवसायीले पर्यटकलाई भ्रमण गराउन नसकेको बताउनु भएको छ ।
शुक्रबार राजधानीमा ४९ औं वार्षिक साधारण सभा एवं १९ औं नाट्टा राष्ट्रिय सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा कार्कीले नेपाल पर्यटन बोर्ड लामो समयसम्म नेतृत्व विहिन, नयाँ जहाज ल्याउने प्रक्रियाको ढिलाई, प्रयाप्त हवाई सेवा उपलब्ध नहुनु जस्ता समस्याले पर्यटन व्यवसायी थप मारमा परेको उल्लेख गर्नुभयो ।
सम्मेलनमा नेपालको पर्यटन क्षेत्रको पहिचान र सम्भावनाको बारेमा चर्चा गरिने संघको भनाई छ । साधारण सभामा पर्यटन व्यवसायीहरुको समस्याका बारेमा छलफल भएको छ । सम्मेलनमा अर्थविद् डाक्टर चिरन्जीवि नेपालले नेपालको पर्यटन र आर्थिक विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।