बर्दियाको सदरमुकाम गुलरियामा पेट्रोल छर्किएर हत्या गरिएकी १६ वर्षिया शिवा हासमी हत्या प्रकरणमा शिवाकी आमा हसिना हासमी र सिद्धु भनिने दाजु रिहान हासमीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनछेक आदेश सहित कारागार चलान गरेको छ।
शिवाका प्रेमी तथा घटनाका आरोपी बाबु भनिने रईस खानलाई भने अदालतले २५ हजार रुपैयाँ धरौटीसहित तारेखमा रिहा गरिएको बर्दिया जिल्ला अदालतका शाखा अधिकृत धनसिंह गिरीले जानकारी दिए।
शिवाका छिमेकी आरिफ अहमद राईनले घटनामा शिवाकै परिवारको हात रहेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले आमा र दाजूलाई पक्राउ गरेको थियो। बाबु खान विरुद्ध किटानी जाहेरी दिने शिवाका दाजू रिजवान हासमी भने फरार छन्।