Friday, 4 January 2013

ग्राहकसँग यौनसम्पर्क गर्न लगाउने होटल संचालक पक्राउ

२० पुस, झापा । झापाको दमकस्थित एक होटलका सञ्चालकले कामदारलाई ग्राहकसँग यौनसम्पर्कका लागि दवाव दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । दमक ११ स्थित सुमन होटल सञ्चालक रोहित लिम्वुलाई प्रहरीले अनुचित यौन सम्पर्कका लागि उक्साएको आरोपमा पक्राउ गरेको हो ।

एमाओवादीका पूर्व लडाकुसमेत रहेका लिम्वुले आफ्नो होटलमा काम गर्दै आएकी १५ बर्षकी ताप्लेजुङ घर भएकी ती युवतीलाई जबरजस्ती यौन सम्पर्क गर्न दबाब दिएपछि उनले त्यसो गर्न नमान्दा जागिरबाट निकालेका थिए । घटनालगत्तै ती युवतीले प्रहरीमा उजुरी गरेपछि दमक प्रहरीले लिम्वुलाई पक्राउ गरेको हो ।

प्रहरीले विहिबार राति उनको उद्दार गरी लिम्बु बिरुद्ध मुद्दा दायर गरेको छ । यता एकिकृत नेकपा माओवादीले भने घटनामा पक्राउ परेका लिम्बुलाई छुटाउन दबाब दिएको छ ।

You Might Also Like This

 

Pages