Friday, 11 January 2013
फोनबाट प्रेमिकाको यौन समस्या बुझ्दै प्रेमीहरु
नेपाल परिवार नियोजन संघमा यौनसँग सम्बन्धित समस्या लिएर पुग्ने युवतीको तुलनामा युवकहरु बढि छन् । अझ खास गरि प्रेमिकाको यौन समस्या बारे बुझ्न प्रेमीहरुको संख्या बढी छन् उनीहरु बिचको यौन सम्बन्धबाट उत्पन्न भएका समस्याहरुको समाधान गर्नको सल्लाह सुझाव लिन सम्पर्क गर्ने गर्छन ।
संघको टोल फ्री नम्बरमा युवतीका समस्याबारे बुझ्न पनि युवाले नै फोन गर्ने गरेको संघकी परामर्शदाता सरस्वती उप्रेतीले बताइन । प्राय २० वर्षदेखि २४ वर्षसम्मका युवाले बढि फोन गर्ने गरेको उनले बताइन ।
असुरक्षित यौन सम्बन्धका कारण आउने समस्याका बारेमा धेरैले फोन मार्फत समाधान खोज्ने गरेका छन् । उनीहरुले सुरक्षित गर्भपतन, एचआइभी एड्स, यौन सङ्क्रमणका कारण हुने रोग, हस्तमैथुन लगायतबारेमा समस्या र जिज्ञासा गरेका संघले जनाएको छ ।