Tuesday, 18 December 2012

सर्लाहीमा बिहान 11 बजे गोली हानी लुटपाट



सर्लाहीमा एक व्यक्तिमाथि मंगलबार बिहान ११ बजे गोली हानी करिब एक लाख रुपैयाँ नगद लुटपाट गरिएको छ।

सर्लाहीको गौरीशंकर गाविसमा गोली चलेको हो । सर्लाही प्रहरीका अनुसार ईश्वरपुर गाविस २ स्थायी घर भएका कपडा व्यपारी सुरेश साहमाथि गोली हानी लुटपाट भएको हो । महोत्तरी जिल्लाबाट पैसा उठाएर घर फर्कने क्रममा मोटरसाइकलमा रहेका सुरेशमाथि तीन जना हतियारधारी अज्ञात समूहले आक्रमण गरेको थियो ।
सुरेशले बोकेको नगद लुटिसकेपछि लुटपाटमा संलग्न एकले सुरेशको घुडामा गोली हानेको प्रहरीले बताएको छ । गोही हानेर ज ४ ७४२३ नम्बरको मोटरसाइकल समेत लुटपाटमा संलग्न युवाले लगेको प्रहरीले बताएको छ । घाइतेको उपचारका लागि जनकपुर पुर्याइएको छ भने लुटपाटमा संलग्न पक्राउ परेका छैनन् ।
लुटपाटमा संलग्नको खोजीका लागि सर्लाही प्रहरी खटिरहेपनि यो समाचार तयार गर्दासम्म लुटेरा पक्राउ पर्न सकेका छैनन् ।

You Might Also Like This

 

Pages