Tuesday, 18 December 2012

आफ्नो ज्यान जोगाइदिन पारसको अपिल:-



 पूर्व युवराज पारस शाहले आफ्नो जीउ–ज्यानको सुरक्षाको माग बैंककस्थित नेपाली दूतावासमा गरेका छन्।
स्वदेशमा हुँदा अथवा विदेशमा जाँदा कहिले लागुऔषध, कहिले कुटपिट त कहिले झगडाका कारण नकारात्मक चर्चा बटुल्दै आएका पारसले नेपाली दूतावास समक्षा सुरक्षाको माग गरेका हुन् । बैंकस्थित नेपाली दूतावास समक्षा पारसले सुरक्षा व्यवस्था मिलाइदिन निवेदन दिएको दूतावासले बताएको छ ।
दूतावास समक्ष पारस स्वयम् उपस्थित नभए पनि उनका सहयोगीहरुले निवेदन दूतावासमा पुर्याएका हुन् । पारसले दूतावासमा १४/२०६९ नम्बरमा दर्ता भएको पत्रमा विषय लेखेका छन ’असुरक्षित महसुस भएको जानकारी सम्बन्धमा’ । असुरक्षाको महसुस भएको विषयमा लेखिएको पत्रमा भनिएको छ –‘म नेपाली राहदानी बाहक पारस वीर विक्रम शाह यस थाइलेण्ड अधिराज्यको व्यक्तिगत बसाईका सिलसिलामा विगत केही समय अगाडि देखि म माथि विभिन्न बहानाबाजी अनेक प्रकृतिका लन्छाना लगायतका मानसिक यातना सहित आर्थिक शोषण देखि ज्यान मार्ने सम्मका हर्क भएको ब्यहोरा जानकारी गराउँदै...’ भन्ने एउटै वाक्यको पत्र दूतावासमा बुझाएका हुन् । उनको पत्रमा आफूमाथि भारतीय मूलका जस्ता देखिने व्यक्तिबाट विभिन्न आक्रमणका प्रयास भएको समेत उल्लेख गरिएको छ ।
पारसले त्यहाँको दूतावासलाई थाइ प्रहरी र भारतीय दूतावास सँग कुटनीतिक पहल गरी जीउ र धनको सुरक्षाका लागि अनुरोध गरेका छन् ।
पारस केही हप्ता अघि थाइल्यान्डको फुकेट अदालत बाट लागुऔषध दुर्वयसनीमा संलग्न भएको भन्दै थाइल्यान्डमा पक्राउ परेका थिए । पक्राउ गरिएपछि उनलाई सुधार गृहमा राखिएको थियो ।

You Might Also Like This

 

Pages