Friday, 14 December 2012

काट्टो खाने पेशा पनि लोकप्रिय

किरिया कर्मको दशौं दिनको कर्म काट्टो खाने पेशातर्फ आकर्षण बढ्दो छ ।काट्टो खाइदिएवापत प्राप्त हुने दक्षिणाको आकर्षणका कारण यसतर्फ मानिसको भीडभाड बढेको हो। सनातनी मान्यता अनुसार काट्टो खानेको भविष्यमा कर्मकाण्ड नचल्ने भनिए पनि अव यी मान्यताले नेटो काटिसकेको काट्टो खाने पेशामा संलग्न ब्राम्हणहरु बताउँछन्।यसै पेसामा संलग्न हेटौंडा न्युरेनी चिसापानीका एक ब्राम्हण भन्नुहुन्छ,एक पटक काट्टो खाँदा कम्तीमा तीन हजार रुपैयाँ आम्दानी हुन्छ। किरियापुत्री घरमा दशौं कर्म एकैदिन परेका तीन परिवार फेला परे दिनमा राम्रै कमाई हुने भएकाले काट्टो खाने पेशाप्रति आकर्षण र तँछाडमछाड चलेको गोरखापत्र दैनिकमा खबर छ। यस्ता आयमा आयकर नलाग्ने र कसले काट्टो खाइदेला भनेर किरियापुत्रीले चिन्ता लिन नपर्ने कारण पनि यो पेशा लोकपि्रय भएको पेशामा संलग्न ब्राम्हणहरुको भनाई छ।

You Might Also Like This

 

Pages