Friday, 14 December 2012

महिला खेलाडीलाई हात्तीले फ्याँक्दा…

महिला फुटबलर अस्मिता खवास बिहान सँधैझैं मर्निङ वाकमा निस्केकी थिइन्।सधैं चिनेजानेकासँग बाटोमा ‘क्रस’ हुने राष्ट्रिय महिला टोलीकी पुर्वसदस्य उनको बिहीबार भने जंगली हात्तीसँग जम्काभेट भयो।धन्य सुँढेले फ्याँक्यो मात्रै,धुलाबारी क्याम्पसले नजिकै हात्तीले हुत्याउँदा घाइते भएकी उनकी भनिन्,त्यसपछिमात्रै हात्ती रहेछ भन्ने थाहा भयो।नागरिकमा छापिएको समाचार अनुसार हात्तीसँग उनको क्याम्पस गेटमै जम्काभेट भएको थियो।म आफ्नै धुनमा हिडिरहेको थिँए,मेचिनगर १ धुलाबारीकी उनले भनिन् ‘एक्कासी अगाडी ज्यादै ठूलो कुरा देखें।कसैले रिक्सामा धेरै सामान लोड गरेर ल्याए होलान भन्ने लाग्यो। जीवनमै पहिलोपटक जंगली हात्तीको नजिक परेकी उनलाई फ्ँयाकेपछि मात्रै थाहा भयो।ज्यादै ठूलो जन्तु अगाडी देखेपछि चिच्याँउन खोज्दै थिए,हात्ती आक्रमणपछि झन्डै डेढ किलोमिटर उत्तर घरसम्म हिँडेरै पुगेकी अस्मिताले भनिन्, ‘म चिच्याउन नपाई हात्तीले कराउँदै मलाई फ्याँक्यो।
बाक्लो हुस्सु लागेको र कानमा इयरफोन राखेकाले आफ्नो ध्यान अगाडी नगएको उनले बताइन्।चिच्याएपछि गाउँले आए अनि धन्य बाँचिस भनेपछि म त डरले काम्न थालेछु,सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाली टोलीको गोलपोस्ट सम्हालेकी उनले भनिन्।

You Might Also Like This

 

Pages