Thursday, 13 December 2012
नासाले राख्यो सगरमाथालाई भारतमा !
विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथालाई अमेरिकी अन्तरिक्ष केन्द्र नासाले भारतमा पुर्याइदिएको छ ।
अन्तरिक्षबाट तस्विर लिने क्रममा भारतको एक चुचुरोलाई नै सगरमाथा ठानेर नासाले सगरमाथालाई भारतमा पुर्याएको छ। अन्तरिक्षमा रहेका युरी मालेन्चेन्कोले फोटो खिच्दा भारतको साजेर मुजताह नामक चुचुरोलाई सगरमाथा जस्तो देखे र उनले यसैलाई सगरमाथा अंकित गरेका थिए ।
यो फोटो सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरमार्फत विश्वभर फेलिएपछि उक्त फोटोका बारेमा आएको प्रतिक्रियापछी जाँच गर्दा उक्त तस्विर सगरमाथाको नभएको पुष्टी बएको थियो ।
यसरी चुचुरोको नक्सा अंकित गर्दा गल्ति भएपछी नासाले आफ्नो वेबसाइटमा राखेको उक्त फोटो हटाइएको छ । हिऊका कारण फोटोलिँदा भारतको साजेर मुजताहलाई सगरमाथा भन्ठानेको र त्यसैलाई सगरमाथा अंकित गरिदिएको बताइएको छ ।
हिऊँ तथा कुहिरोका कारण यस्तो गल्ति भएको भन्दै नासाले उक्त फोटो हटाएको हो । नेपालका केहि पत्रकारले उक्त फोटो सगरमाथाको नभएको प्रतिक्रिया दिएपछी उनीहरुले त्यसबारे जाँच गरेका थिए । अन्त्यमा फोटोमा गल्ति नै भएको पाइएको थियो ।