Thursday, 27 December 2012
जिप तीन सय मिटर तल खस्दा युवतीको मृत्यु, १० घाइते
बाग्लुङ,पुस १२ - जिल्लाको रिघामा यात्रुवाहक जीप गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा स्याङ्जा घर भई सुआरा परियोजना बाग्लुङमा कार्यरत इन्द्रकुमारी क्षेत्री रहेकी छिन्।
बाग्लुङ बजारबाट खरवाङतर्फ जाँदै गरेको लु १ ज २५० नम्बरको जिप रिघा-९ फेदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय,बाग्लुङका प्रहरी निरीक्षक बद्री श्रेष्ठले बताए। घाइते हुनेमा गाजा युवा क्लबका कर्मचारी दुर्गाबहादुर वि.क., बुर्तिवाङ -९ का खगबहादुर वि.क, उनकी श्रीमती रुपादेवी वि.क., बागलुङ नगरपालिका-१ रामरेखाका दिपेन्द्र के.सी., दगातुन्डाँडा-२का दुर्गाबहादुर थापा, ग्वालिचौर-८का थुमलाल घिमिरे, सोही गाविस वडा नं ९ जंगबहादुर पाइजा, खरवाङ प्रहरीका इन्चार्ज कृष्ण कुँवर रहेका छन्।
घाइतेलाई थप उपचारकोलागि बाग्लुङतर्फ ल्याइएको छ। दुई जना सामान्य घाइतेको खरवाङमा उपचार भैरहेकेा छ। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।