ग्ल्यामार नेपाल डट कम, मंसिर १५- आगामी मंसिर २२ गते नेपाल भर प्रदर्शन मिति तय गरेको बहु प्रतिक्षित नेपाली चलचित्र "थ्री लभर्स" चलचित्र सेन्सर बोर्डको च्याँखेमा परेको छ। शुक्रबार चलचित्र सेन्सर जाँच पास गराउन सेन्सर बोर्ड पुगेका सिनेमा निर्माण युनिट एतिबेला तनाबमा परेका छन्। चलचित्र मा रहेको सामान्य भन्दा सामान्य दृश्य तथा शब्दहरुलाई सेन्सर बोर्डका कर्मचारीहरुले आपत्ती जनाय पछी सिनेमा निर्माण युनिट तनाब परेको हो।
सिनेमा का नायक देबु श्रेष्ठ का अनुसार सेन्सर बोर्ड का कर्मचारीहरुले सिनेमा भित्र देखाइने फेसन सो मा मोडलहरु अर्ध नग्न देखिएको र मोडलहरुले लगाएका कपडाहरु छोटो भएको भन्दै सेन्सर बोर्डले उक्त दृश्य हटाउन भनेका छन्। उक्त दृश्य लगाएत सिनेमा मा प्रयोग गरिएका केहि शब्दहरु पनि म्युट गर्न भनेका छन्। जुन शब्दहरु नेपाली भाषामा चलन चल्तीमा रहेका गाली गलौजमा प्रयोग हुने सामान्य भन्दा सामान्य शब्दहरु रहेका छन्।

स्मरण रहोश पछिल्लो समय निक्कै चर्चा कमाउन सफल केहि नेपाली सिनेमाहरुमा समाबेश भद्दा खालका अस्लिल दृश्य तथा शब्दहरुमा बोर्डले कुनै पनि किसिमको आपत्ति जनाएको थियन। सेन्सर बोर्डले हटाउन भनेका दृश्यहरु समाबेश भएको प्रोमो केहि समय अघि निर्माण युनिटले सार्बजनिक गरिसकेका छन्। उक्त दृश्यहरु तलको भिडियो मा पनि हेर्न सकिने छ।