Friday, 14 December 2012

सहमति नभए राष्ट्रपतिले कडा कदम चाल्नुपर्छ : पौडेल

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी र मधेसवादी दलहरुले अड्को मात्रै थापिरहेकोले सहमति हुन नसकेको वताउनु भएको छ । उहाँले थपिएको पाँच दिनभित्रमा पनि दलहरुवीच सहमति नभए राष्ट्रपतिले कडा कदम चाल्नु पर्ने वताउनु भयो।नेपाल प्रेस युनियन चितवनले शुक्रवार विहान नारायणगढमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो,दलहरुवीच सहमति नजुटे राष्ट्रपतिले विश्वव्यापी मान्यता र संसदीय अनुभवका आधारमा कदम चाल्नु पर्छ। त्यसको जिम्मेवारी काँग्रेस लिन्छ। राष्ट्रपतिले दलहरुलाई दवाव दिएपनि कडारुपमा प्रस्तुत हुन नसकेको भन्दै पौडेलले अव के गर्ने भन्ने विषयमा परामर्श गर्न सुझाव दिनुभयो।
पौडेलले काँग्रेस नेतृत्वमा सरकार बन्ने राष्ट्रिय सहमतिको सरकारले मात्रै स्वच्छ,निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने सक्ने दाबी गर्नु भयो ।उहाँले सत्तारुढ दल एमाओवादी र मधेसी मोर्चाले संविधानसभाको निर्वाचन नै नचाहेकाले संविधानका अन्तवस्तुको विवाद निकालेको आरोप लगाउनुभयो।

You Might Also Like This

 

Pages