गाई पाल्नेको मासिक दुई लाख आम्दानी
४ पुस, हेटौंडा । गाई पालनबाट हेटौंडाका दुई युवाले मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गाईफार्मबाट उत्पादित दुध बिक्रीबाट दुई लाख रुपैयाँ आम्दनी हुने गरेको उनीहरुले बताएका छन् ।
हेटौंडा ४ का कमल र ८ का युवाकर मैनालीले आफ्नो पाँच कट्ठा जमिनमा अत्याधुनिक गोठ निर्माणगरी ४० वटा गाई पाल्दै आएका छन् । पालिएका मध्ये २६ वटा गाईबाट उत्पादित दुईसय लिटर दूध बिक्रीबाट उनीहरुले सो आम्दानी गरेको खबर सौर्य दैनिकले छापेको छ ।
सो फार्ममा परिवारका तीन र बाहिरका तीन गरी ६ जनालाई रोजगारीसमेत दिइएको छ । ४० लाख रुपियाँको लगानीमा थालिएको फार्ममा केही लगानी एभरेस्ट बैंकमार्फत गरिएको छ भने आदिभन्दा बढी लगानी तिनै दुई युवा व्यवसायीको रहेको छ ।