मुम्बई, पुस ४ (एजेन्सी) - यसै साता विद्या वालनले सिद्धार्थ रायसँग बिहे गरिन्। सिद्धार्थकी उनी तेस्री पत्नी हुन्। एक महिनाअघि करिना कपुरले सेफअल खानसँग बिहे गरिन। करिना पनि सेफको दोस्री पत्नी बनिन्। पछिल्लो समय बिहे गर्ने यी दुई हिरोइनमात्र होइन बलिउडमा सौता लाग्न जाने हिरोइनके ताँती लामै छ।
अमृता सिंहसँग बिहे गरेका सैफसँग उनीभन्दा १० वर्ष कान्छी करिना कपुरले बिहे गरिन्। त्यसो त करिनाकी दिदी करिष्माले पनि कुमार युवकसँग बिहे गरेकी थिइनन्। उनी पनि व्यापारी संजय कपुरसँग बिहे बन्धनमा जोडिइन्।
अर्की बलिउड हिरोयन सिल्पा सेट्टी र रविना टन्डन दुबैको नाम अक्षय कुमारसँग जोडिएको थियो कुनै समय। तर, दुबैले बिबाहित व्यापारीका कान्छी बन्न पुगे।
जुही चावलले बिहे गरेकी कोलकाता नाइटराइडर्सका एक मालिक जय मेहताको पनि पहिल्यै बिहे भइसकेको थियो। तर उनकी पत्नीरको दुर्घटनामा निधन भएको थियो।
लारा दत्तले महेश भूपतिसँग बिहे गरिन्। भूपतिले डिभोर्सपछि लारासँग बिहे गरेका थिए।
बलिउडमा सौता बन्ने हिरोइनको होड नयाँ भने होइन। बलिउडमा हिरोइनहरु बिहे गरिसकेका युवाप्रति बढी लगाव राख्छन्। हेमा मालिनीकै उदाहरण दिउँ न। उनले बिबाहितमात्र होइन दुई सन्तानका बाबु धर्मेन्द्रसँग बिहे गरे। श्रीदेवीले बिहेको गरेको बोनी कपुर पनि कुमार थिएनन्। सवाना आजमीले बिहे गर्नुअघि जावेद अख्तरको हनी ईरानीसँग सम्वन्ध विच्छेद भएको थियो। फराहान र जोया अख्तर हनीका सन्तान हुन्।
बलिउडका हिरोइन पहिले नै बिहे भएकासँग लाग्नुमा आर्थिक र सामाजिक सुरक्षाको खोजी नै प्रमुख कारण हो।