१७ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगमनकारी र प्रतिगमनकारी शक्तिबीच संघर्ष जारी रहेको भन्दै जनताले विद्रोह गरेर आफ्नो भाग्य आफैँले फैसला गर्ने बताउनु भएको छ ।
आफू दलहरुबीच सहमति जुटाउन प्रयासरत रहेको भन्दै उहाँले छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुने दौडमा नरहेको र लोकतान्त्रिक आन्दोलनको उपलब्धी रक्षाका लागि चिन्तित रहेको बताउनु भयो ।
संविधानसभाको निर्वाचनलाई सफल बनाउन सबै दलहरु मिल्नुको विकल्प नभएको भन्दै प्रचण्डले भन्नुभयो-’दलहरुकै सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ ।’ वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा परिणत गरेर अगाडि बढ्नु नै संवैधानिक र व्यावहारिक भएको उहाँको भनाइ थियो ।