पाँचथरको आरुवोटे स्थित दशमी बजारवाट गोलिया लिन सोहि गाविसको वडा नम्वर ७ तर्फ गइरहेको मे १ त २०१२ नम्बरको ट्याक्टरबाट खसेर १३ बर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रवार दिँउसो १ बजे ट्याक्टरवाट खस्दा आरुवोटे ७ का श्यामकुमार नेपालीको घट्नास्थलमै मृत्यु भएको हो । ट्याक्टरको डालोमा चढेर यात्रा गरिरहेका बालक सडकमा पछारिँदा पछाडीको चक्कामा किचिएर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय रबिले जनाएको छ ।
घट्नापछि ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।