Friday, 4 January 2013

मुलुकमा बढ्दै गएको महिला हिंसाका घटनाले आफु चिन्तितःपूर्वराजा शाह

काठमाडौं,पुष २० । पूवरानी कोमल शाहको स्वास्थ्य उपचारको लागि स–परिवार सिंगापुर गएका पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्कनुभएको छ । रानी कोमलको स्वस्थ्य उपचारको लागि करिव एक महिना लामो सिंगापुर बसाइपछि पूर्वराजा शाह शुक्रबार स्वदेश फिर्ता हुनुभएको हो । स्वदेश फकर्नेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै पूर्वराजा शाहले मुलुकमा बढ्दै गएको महिला हिंसाका घटनाबाट आफु चिन्तित भएको बताउनुभयो । पूर्वराजा शाहले सिंगारपुरको बसाईमा रानी कोमल र आफ्नो पनि स्वस्थ्य उपचार गरेको र स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिनुभयो । पूर्वराजा शाह सहित,रानी कोमल,बुहारी हिमानी,नातानतिनी,ज्वाइ सहित स–परिवार गत मंसिर २२ गते सिंगापुर प्रस्थान गर्नुभएको थियो ।

You Might Also Like This

 

Pages