Monday, 7 January 2013
नमिता-सुनिताको आत्माले सुने के भन्लान् !
(Mysansar By Salokya, on January 5th, 2013- माइसंसारबाट साभार)
पूर्वराजा ज्ञानेन्द्र सिंगापुर भ्रमणबाट फर्केका छन् । राजाका रूपमा सक्रिय हुँदा वा त्यसभन्दा पहिले राजतन्त्रकालमा ज्ञानेन्द्र विवादमा तानिदै आएका थिए । उनको छवीबारे धेरैले शंका व्यक्त गर्छन् त्यो अहिले पनि कायमै छ । यसैबीच नेपाल र भारतमा भएको पछिल्ला बलत्कार र महिला हिंसाका घटनाबारे उनले सञ्चारकर्मीलाइ प्रतिकृया दिए ।
नमिता-सुनिता को थिइन् ? यो कान्ड के थियो ? अहिलेको पुस्तालाई थाहा नहुन सक्छ। हुन पनि ३० वर्ष भइसक्यो (२०३९ सालतिरको कुरा हो यो)।नमिता र सुनिता भण्डारी काठमाडौँको घरानिया परिवारकी दिदीबहिनी थिइन्। पोखरामा पञ्चायति व्यवस्थाविरुद्ध प्रदर्शन भइरहँदा यी दुई दिदीबहिनी घुम्न भनेर पोखरा गएका थिए। उनीहरुसँगै साथी निरा पराजुली पनि थिइन्। यी तीनै युवतीको लाश गण्डकी नदी छेउमा भेटिएको थियो। बलात्कार गरी निर्मम हत्या गरिएको खबर पूरै देशमा डढेलो सरह फैलिएको थियो। घटनाका साक्षी वन विभागका कर्मचारी चुडामणि अधिकारीलाई प्रहरीले सोधपूछ गर्न लगेको थियो, भोलिपल्ट उनको पनि लाश भेटियो। घटनाबारे प्रहरी अनुसन्धानका कागजात, घटनासँग सम्बन्धित केहीसँगको अन्तर्वार्ता र एक पीडित युवती कै डायरी अंशसहित पत्रकार किशोर श्रेष्ठले यसबारे एउटा किताब निकालेका छन्- ‘दरबार हत्याकान्डपछि दबाइएको अर्को हत्याकान्ड’
पुस्तकमा यो कान्डको इतिवृत्त छ। पुस्तक लेखक श्रेष्ठका अनुसार तत्कालीन प्रभावशाली चार व्यक्ति यो कान्डमा शंकाको घेरामा आए : राजा वीरेन्द्रका भाइहरु ज्ञानेन्द्र र धीरेन्द्र, ज्ञानेन्द्रकी पत्नी कोमलका भाइ उदयशमशेर, विवाहपछि राजपरिवासँग नाता जोडिएका कलाकार नीर शाह र काठमाडौँका होटल व्यवसायी विनोदशंकर श्रेष्ठ। सन् २००१ मा राजा वीरेन्द्र र उनको परिवारको दरबारभित्र गोली हानी हत्या भएपछि ज्ञानेन्द्र नयाँ राजा बने। उनी गद्दीमा बसेको १० दिनपछि प्रहरीलाई यो केस बन्द गर्न दबाब दिइएको थियो। सन् २००३ मा यो केस बन्द गरियो। त्यही बन्द गरिएको केसको प्रहरी अनुसन्धानका कागजात र नमिता-सुनितामध्ये एकको डायरी भेटेपछि उनले पुस्तक लेख्न थालेका थिए।
त्यतिखेर पीडितलाई न्याय दिन अहिले बालुवाटार घेरे जस्तो नारायणहिटी दरबार घेर्न सक्ने स्थिति थिएन। त्यसैले यो कान्ड यत्तिकै भयो। आरोपीहरु खुल्लमखुल्ला घुमिरहे। बिचरी ती पीडितहरुको आत्माले कहिले शान्ति पाउने होलान्!(माइसंसारबाट साभार)
के भने त उनले, हेर्नुस्र इमेज च्यानलको भिडियो-